मोना जापानद्वारा डढेलो प्रभावित क्षेत्र इवातेका लागि आर्थिक सहयोग प्रदान

२०२५ फेब्रुअरीमा जापानको इवाते प्रिफेक्चरको ओओफुनातो सिटीमा पर्ने वन क्षेत्रमा लागेको डढेलोबाट प्रभावित उक्त क्षेत्रको पुनर्निर्माण र मर्मतसंभारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानका तर्फबाट सांकेतिक सहयोग स्वरुप ३० हजार येन आर्थिक सहयोग पठाइएको छ । डढेलोबाट उक्त प्रिफेक्चरलाई ठूलो क्षति भएको थियो ।

मोना जापानले उक्त सहयोग राशी इताबासी सिटी कार्यालय मार्फत सम्बन्धित प्रभावित क्षेत्रमा पठाउनेगरी २०२५ मे २१ तारीक बुधबार इताबासी सिटीका प्रशासकीय अधिकृत युताका खातोउलाई हस्तान्तरण गरिएको हो ।

मोना जापानले गत वर्षको अप्रिल महिनामा इताबासी कु संग सहकार्य गरी मोना इताबासी फेस्टिवलको आयोजना गरेको थियो । मोना जापान र इताबासी कु बीच रहिआएको असल सम्बन्ध र सहकार्यलाई निरन्तरता प्रदान गर्न सांकेतिक सहयोग स्वरुप उक्त सहयोग राशी पठाईएको हो ।

मोना जापानले जिल्लाबासीहरुका साथै जापानमा रहेका नेपालीहरुमा आईपर्ने समस्याहरुमा सहयोग र सहकार्य गर्दै आइरहेको छ । हालैमात्र म्याग्दी जिल्ला मंगला गाउँपालिका घर भै जापानको फुकुओकामा बस्दै आएका बिरामी चोकबहादुर बुढाथोकीलाई उपचारका लागि आर्थिक सहयोग संकलन गरि पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *