President Voice Ganesh Shrestha

mona-japan

नमस्कार

म गणेश श्रेष्ठ म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानको ९ औं कार्यकालको अध्यक्ष ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान विगत २००७ सालदेखी २०२५ को अन्तरालमा ९ औं कार्यकालसम्म आइपुग्दा संस्था जुन उद्देश्य तथा सोच, चाहाना र म्याग्दीको प्रचारप्रसार तथा विकासका लागी संस्थाको आवश्यकता ठानेर अग्रजहरुले यो संस्था गठन गर्नुभयो आज जिल्लाबाट विभीन्न पेसा, व्यवसायका लागी विश्वका विभीन्न देशमा रहनु भएका जिल्लावासी लगायत सम्पुर्ण नेपालीको सुख दुःखको साथीको रुपमा अन्तराष्ट्रिय तथा विभीन्न राष्ट्रिय कार्यकारी समितिहरु मार्फत यस संस्था स्थापीत भइसकेको छ ।

त्यही उद्धेश्यलाई आत्मसाथ गर्दै मोना जापान पनि विभीन्न कार्यक्रमहरुको आयोजना तथा विभीन्न नितीगत कार्यहरुमा सहभागीता जनाउदै आइरहेको छ । म यस संस्थाको स्थापना गरी यस उचाइ सम्म ल्याउन सहयोग गर्नुहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यसमितिका सम्पुर्ण पुर्व अध्यक्ष ज्युहरु, सल्लाहकार तथा कार्यसमितिका सम्पुर्ण पदाधिकारी, सदस्यहरु, राष्ट्रिय कार्यकारी समिति जापानका पुर्व अध्यक्ष ज्यूहरु, सल्लाहकार ज्यूहरु, हाल सम्मका सम्पुर्ण पदाधिकारी तथा मोनाका सुभ चिन्तकहरु, देश तथा विदेशमा रहनु भएका सम्पुर्ण म्याग्देली बुवा आमा, दाजुभाई, दिदीबहीनीहरु तथा आफ्नो महत्वपुर्ण समय खर्चिएर योगदान दिनुहुने सम्पुर्ण अग्रजहरुमा हार्दिक नमन व्यक्त गर्दछु । साथै हाल मेरो नेतृत्वमा कार्यसमिति गठन गर्दैगर्दा विभीन्न ठाँउमा सहयोग गर्नुहुने सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकार ज्यूहरु, तथा मोना जापानलाई माया गरी विभीन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मेरो जन्म मिति २०४६ सालमा पिता अंमर श्रेष्ठ र माता पदम कुमारी श्रेष्ठको कोखबाट भै मिति २०१६ बाट लगातार जापानमा रहि आएको छु ।

जापानको व्यस्तताका बावजुत पनि अग्रजहरुले जिल्लाका लागी केही गर्नुपर्दछ भनेर खर्च गरेको समयबाट प्रभावित भै म पनि ९ औं कार्यकालबाट मोना जापानमा जोडिएर यस कार्यकालको अध्यक्ष पदमा रहेको छु । अग्रजहरुले मोनाको सुरुवाती चरणमा जुन उद्देश्य राखेर स्थापना गर्नु भएको थियो उक्त उद्देश्य पुरा गर्दै जिल्लामा तथा देश विदेशमा रहेका सम्पुर्ण म्याग्देलिको सुख दुखको साथीको रुपमा संस्थालाई स्थापित गरेर लैजाने योजना रहेको छ । साथै विभीन्न पेसामा जापानमा आई समस्यामा परेका हरेक नेपालीको साझा चौतारीको रुपमा मोनालाई स्थापित गरेर लैजाने योजना पनि रहेको छ । साथै नेपालीहरुको महान पर्वहरुलाई रमाइलोका साथ मनाउदै नेपाल र नेपालीहरुको पहिचानमा रहेका कुराहरुको जापानमा प्रचार प्रसार गरी आगामी दिनमा नेपालमा जापानिज पर्यटक भित्राउनका लागी संस्थाको तर्फबाट पहल कदमि भुमिका निर्वाह गर्न सहकार्य गर्ने छौ । संस्थामा आवद्ध रहेर सामाजीक कार्य गर्दै सुरुवाती चरणबाट हालसम्म संस्थामा लागेर केही आर्जन गर्दछु भन्ने भन्दा पनि बचेको समयमा विभीन्न सामाजीक कार्य गरी आफुले जानेको कुराहरु आउने नयाँ पुस्तालाई सिकाउन र समाज परिवर्तनमा मुख्य भुमिकाका साथ लाग्ने प्रतिवद्धता गर्दछु ।

जय मोना

Leave a Reply

Your email address will not be published. Required fields are marked *