मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम हुदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ ।
जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको छ ।
स्माइल मोबाइल रेमिटान्स मुख्य प्रायोजक रहेको उक्त स्पिच कन्टेस्ट अर्थात् वक्तित्वकला प्रतियोगितामा सहभागी हुनका लागि खुल्ला छनोट प्रक्रिया पुरा गरि शीर्ष ५ मा परेका प्रतियोगीहरुलाई एक औपचारिक कार्यक्रममार्फत प्रतिश्पर्धा गराई पुरस्कार प्रदान गरिने छ ।
नागोयाको ओका काइकान मिटिङ हलमा हुने औपचारिक कार्यक्रममा प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई १ लाख जापानी येनसहित मायाको चिनो र प्रशंसा पत्र, द्वितीय हुने प्रतियोगीलाई ७० हजार जापानी येनसहित मायाको चिनो र प्रशंसा पत्र, तृतीय हुने प्रतियोगीलाई ५० हजार जापानी येनसहित मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिने आयोजक मोना जापान क्षेत्रीय समितिले जनाएको छ भने उकृष्ट ५ मा पर्ने प्रतियोगीलाई मायाको चिनो प्रदान गरिने छ ।
आफनो स्थापना कालदेखि विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको उक्त संस्थाले जापानमा रहेका नेपाली विद्यार्थीलाई जापानी भाषाप्रति उत्साहित गराई राख्न र भाषागत ज्ञानमा थप टेवा पुर्याउन कार्यक्रम फलदायी हुने विश्वास लिएको छ ।
संस्थाले मोना केन्द्र सहित क्षेत्रीय कार्यसमिति,गैर आवसीय नेपाली संघ जापान सँगै १२वटै क्षेत्र तथा Nepalese student association japan(Nesaj) लाई प्रचार प्रसारमा आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।

कार्यक्रम नागोयामा हुने र नागोया भन्दा बाहिरबाट सहभागीता जनाउने सहभागीहरुलाई यातायात खर्च बापत आयोजकले २०,००० येन उपलब्ध गराउने संयोजक थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *