मोना जापान क्षेत्रिय कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न

फुकुओका
२०२५ नोभेम्बर २७
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट मोना क्यूस्यूको २०२५/२७ का लागि बिजी बानियाँ संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको कुरा मोना क्यूस्यूका निवर्तमान संयोजक दिपक बिकले बताउनु भयो । साथै उपसंयोजक नबिन पुन, शिब बि क, महिला उपसंयोजकमा बिना पुन, सचिबमा पारस आचार्य, सह सचिबमा सन्देश हमाल ठकुरी, कोषाध्यक्षमा युवराज मगर, सह कोषाध्यक्षमा सन्दिप चोखाल, सदस्यमा अन्जन खत्री, गोपाल बिक, दिप सागर सुनार, सोनिया पुन, धनकुमारी पुन, कुशल बिश्वकर्मा, सुनिल विश्वकर्मा निर्विरोध चयन हुनु भयको छ । साथै मोना जापानको विधान अनुसार नपुग सदस्यहरू मोना क्युस्युको पहिलो बैठकबाट मनोनयन गरिने छ ।
उक्त कार्यक्रम मोना क्युस्युका निवर्तमान संयोजक दिपक बिकको संयोजकत्व, मोना आइइसीका अध्यक्ष ददिबल खड्काको प्रमुख आतिथ्यता, मोना आइइसी युवा संयोजक सचिन श्रेष्ठ, मोना जापान अध्यक्ष विशाल के सि, मोना जापान उपाध्यक्ष टिका छन्त्याल, मोना जापान क्षेत्रिय सचिब उज्ज्वल बानियाँ र क्यूस्यूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । मोना क्युस्यूले निवर्तमान कार्यसमितिले हाल सम्म गरेका कार्यहरूको सम्पूर्ण वक्ताहरुले प्रसंशा गर्नु भएको थियो । उक्त कार्यक्रममा मोना क्युस्युको भलिबल टिमबाट भलिबल खेल्दै आएका भलिबल खेलाडीहरुलाई कदर पत्र पनि दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *