मोना जापानको तिज कार्यक्रम संगितमय बन्यो

जापानमा अहिले जताततै तिजको रौनक छाईरहेको छ । विभिन्न संघ संस्था द्वारा प्रत्येक हप्ता दर्जनौ तिज कार्यक्रम सम्पन्न गर्दै आएका छन । त्यस्तै प्रवासी नेपाली संघ कार्यकारी समिति मोना जापान द्वारा आयोजित नेपाली नारीहरुको महान चाड हरितालिका तिज कार्यक्रम हिजो २०२४/९/१ तारिकको दिन जापानको टोकियोमा एक कार्यक्रमका बिच भव्यताका साथ सम्पन्न भयो । कार्यक्रममा म्याग्दी र अन्य विभिन्न ठांऊबाट उल्लेख्य रुपमा महिला दिदीबहिनी लगाएत दाजुभाईहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा विभिन्न सांगितिक प्रस्तुती समेत रहेको थियो । सांगितिक कार्यक्रमको शिलशिलामा जापान आऊनु भएकी चर्चित लोकदोहोरी गायिका पोखरेली चेली तुलसी क्षेत्रीको प्रस्तुतीले कार्यक्रमको माहोल मज्जैले तातेको थियो । गायिका क्षेत्रीले पछिल्लो समय बजारमा ल्याउनु भएका तिज गित जुलफी लर्काई, जनताले हो लगाएत आधा दर्जन गित प्रस्तुत गर्नु भयो । त्यस्तै कार्यक्रममा जापानलाई कर्मथलो बनाउनु भएकी बागलुङकी चेली लोकदोहोरी गायिका समिना खड्का लोहनीले पछिल्लो समय बजारमा ल्याउनु भएका आफ्नै तिज भाका घरै धानिछु बोलको गित प्रस्तुत गरि कार्यक्रमको माहोल तताउनु भयो । यसै गरी मोना जापानको सांस्कृतिक संयोजक समेत रहेका लोक गायक गणेश छन्त्यालले पनि आफ्नै संकलनको शिरफुल भाका प्रस्तुत गरि कार्यक्रममा भरपुर मनोरञ्जन दिलाऊनु भयो । कार्यक्रममा करिब १६० भन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *