मोना जापानले फेस्टीबलको जानकारी दिन पत्रकार सम्मेलन गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलको तयारी अन्तीम चरणमा पुगेको छ ।
जापानबासी म्याग्देलीहरुको सक्रियतामा जन्मभुमी म्याग्दीको पर्यटन प्रर्वधन, सास्कृतिक भेषभुषाको प्रचार प्रसार र म्याग्दीमा उत्पादीत विभीन्न अर्गानिक वस्तुहरुको व्यापार व्यवसायमा टेवा पुराउनुका साथै प्रचार प्रसारको कमीमा पछाडी परेका विभीन्न पर्यटकिय गन्तव्यहरुलाई जापानीज समुदायमा चिनाउने मुख्य उद्देश्य सहित फेस्टीबल आयोजना गर्न लागीएको हाे ।
उक्त फेस्टीबलको तयारी सम्पुर्ण अन्तीम चरणमा रहेको र सबैमा सहभागीताको लागी अनुरोध गर्दै हाल सम्मको जानकारी दिने उद्धेश्यले मिति २०२४ अप्रिल २१ गते आइतबारका दिन टोकियोको माया रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरीने छ ।
फेस्टीबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति सहित जापानी समुदाय र नेपाली समुदायका विच संस्कृति आदान प्रदानका कार्यक्रमहरु पनि गरीने गरी सांस्कृतिक उपसमितिले तयारी अन्तीम चरणमा पुराएकाे छ । साथै अन्य कामहरू पनि अन्तीम चरणामा पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *